News Portal

  • सुदूरपश्चिम प्रदेशमा वित्तीय सम्मेलन हुने

    ६५६ पटक

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मंसिर २० गते वित्तीय सम्मेलन हुने भएको छ ।

    वित्तीय पहुँचको सुनिश्चीतता प्रदेश सरकारको प्रतिबद्धता भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले वित्तीय सम्मेलन गर्ने भएको छ ।

    प्रदेशका ठूला आयोजना तथा उद्योगका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने योजना बनाएको बताएको छ ।

    वित्तीय पहुँच वृद्धिका लागि सचेतना मार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाइ आर्थिक विकास गर्ने लक्ष्यले पहिलो पटक वित्तीय सम्मेलन आयोजना गर्न लागिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्