आज :

२ थान पेस्तोल र म्यागजिनसहित युवक पक्राउ

लहान । सिरहाको कमला नदी किनारमा पर्ने चतरीघाटबाट प्रहरीले २ थान स्वचालित अमेरिकी पेस्तोल र खाली म्यागजिनसहित युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट सादा पोशाकमा खटिएको गस्ती प्रहरीले कल्याणपुर नगरपालिका ३ इटारीप्रसाहीका २१ वर्षिय अहमद मियाँलाई बुधबार ७ र ९ एमएम लेखिएको २ थान स्वचालित पेस्तोलसहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार २ थान स्वचालित पेस्तोलसँगै त्यसमा लाग्ने दुई थान खाली म्यागजिन समेत बरामद भएको छ ।
सादा पोशाकमा रहेको गस्ती टोलीले शंकास्पद अवस्थामा हिडिरहेका मियाँलाई रोकेर चेकजाँच गर्दा मेड इन युएसए लेखिएको ७ एमएमको स्वचालित पेस्तोल र खाली म्यागजिन भेटिएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए ।

उनका अनुसार प्रहरीलाई देखेपछि मियाँले बाटो छेउमै रहेको धान खेतमा फालेका फेट्रिब्राटा यु.एस.ए. ९ एमएम लेखिएको पेस्तोल र त्यसको खाली म्यागजिन बरामद भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal