आज :

मरेको कुखुरा खाँदा ९ जना बिरामी, एक जनाको मृत्यु

बैतडी । मरेको कुखुरा खाँदा बैतडीको पुरचौडी नगरपालिका २, महादेवस्थानमा एकै घरका ९ जना सिकिस्त विरामी भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

स्थानीय छिमेकीको घरमा मरेको कुखुरा ल्याएर खाँदा १५ वर्षिय पुष्पा बोहराको मृत्यु भएको हो । सिकिस्त हुनेमा पार्वती पार्की, गोमती पार्की, राकेश पार्की, जानकी पार्की, मनोज पार्की, रमेश पार्की, भुवन पार्की, रितेश पार्की र सामना पार्की सिकिस्त छन् ।

सिकिस्त बिरामी परेकाहरुले स्थानीय महादेवस्थान स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको स्वास्थ्यकर्मी राधा कुँवरले बताइन् ।

उनले भनिन्, शनिवार कुखुरा खाएर बिरामी परेको खबर सुनेर आईतवार स्वास्थ्यकर्मी घरमै गएर उपचारका लागि बाहिर जान सुझाव दिएका थियौं । बोकेर लैजाने मान्छे नभएपछि ४ दिनपछि एकको मृत्यु भएको छ भने, ९ जनालाई बोकेर मंगलवार हाट स्वास्थ्यचौकी लगेका छन् ।

शनिवार स्थानीय नरेन्द्र वमको घरमा मरेको कुखुरा ल्याएर खाएका सबै दलित समुदायका भएको स्वास्थ्यकर्मीले बताएका छन् । घटनापछि महादेवस्थानबाट हिँडेर हाट जाँदै गरेका दलित परिवारका ९ जना झाडापखाला र उल्टी गरिरहेको स्वास्थ्यकर्मीले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal