आज :

नेपाल फिफा विश्वकपको दोस्रो चरणको छनोटमा कुवेतसँग खेल्दै

काठमाडौं । आज फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल कुवेतसँग खेल्दैछ ।

कतारमा आयोजना हुने खेलमा भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार पौने ३ बजे खेल सुरु हुनेछ ।

नेपालको दशरथ रंगशाला अन्तराष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो । कुवेतसँग पहिलो लेगमा ब्यहोरेको फराकिलो हारको बदला लिने अवसर नेपाललाई मिलेको छ ।

यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७-० को हार व्यहोरेको थियो । तर, भुटानमा नेपाल त्यस हारलाई बिर्साउने प्रदर्शन गर्न चाहन्छ । छनोटको समूह बी मा नेपाल समूहको चौंथो स्थानमा रहेको छ ।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा छ । विमल घर्ति मगरसहित चार खेलाडी एन्फाको कारबाहीमा परेको हुँदा टिममा छैनन् ।

राष्ट्रिय टिममा रहँदा रातको समयमा नाईट क्लबमा भेटिएको भन्दै एन्फाले विमलसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई टिमबाट बाहिर राख्दै अनुशासनको कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal