News Portal

  • नेपाल भ्रमर्ण वर्ष २०२० को तयारी र पर्यटनका आयामहरु

    १७७० पटक

    पर्यटन, जलस्रोत र कृषि आमरुपमा नेपालमा सबैभन्दा विकाउ शब्दावली हुन । ठोस र गहन रुपमा शाब्दीक अर्थ बुझाउन बाहेक गहिरो र वैज्ञानिक विषय उठान र विश्लेषण नगरीएका विषय वस्तुहरु पनि यिनै हुन् । यो कुरा म किन पनि भनिरहेको छु भने आज भन्दा चारवर्ष अगाडि सुरु गरी भर्खरै मात्र सम्पन्ना गरेको मेरो पिएचडी अनुसन्धान विशेष गरी नेपालको पर्यटन विकास, बजारीकरण र अन्वेषणमा केन्द्रित हुँदै गर्दा, अनुसन्धानको सुरुवातीदेखि अन्त्यसम्म वैज्ञानीक अनुसन्धानमा केन्द्रित ओजपूर्ण पूर्वअध्यनका प्राज्ञीक, सरकारी एंव निजी क्षेत्रबाट अन्तरराष्ट्रिय स्तरका खोजपूर्ण अभिलेख नभेटीनुले धेरै हदसम्म उजागर गर्दछ ।

    के हो त पर्यटन ?

    विभिन्न प्राचीन भषा र भाषा कोषमा पर्यटनलाई यात्रासँग जोडिएको भेटिन्छ । याात्राले पर्यटनको शब्दबोध त्यतीखेर जनाउँछ जब यात्रामा सापेक्षीक रुपमा मानव यात्रीको संलग्नता हुन जान्छ । पर्यटनसँग सम्बन्धीन्त विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाले समय सापेक्ष पर्यटनलाई परिभाषित गर्दै आएको पाइन्छ । पछिल्लो कालमा पर्यटन सम्बन्धी विश्वस्तरको प्रतिनिधि संघठन यूएनडब्लूटिओले पनि पर्यटनलाई यात्रीको विभिन्न पवित्र उद्देश्यसहितको विचरण तथा बसोबास खास गरी अस्थाई प्रकृतिको सामान्यतया एक वर्षभन्दा कम समय अबधी भित्रको पर्यटनको समग्र कार्यकलापका रुपमा विभिन्न विद्वानहरुले औंलाएको पाइन्छ । समयकालसँगै पर्यटने आफ्नो रुप धारण गरेको पाइन्छ । मुख्यतः धार्मीक यात्रा, सैन्य अतिक्रमण यात्रा, व्यापार यात्रा, शैक्षिक यात्रा हुँदै एक्कायसौं शताब्दीमा विश्वको सबैभन्दा ठूलो वैदेशिक निर्यातमुलक सेवा रुपमा पर्यटनलाई बुझिदै आएको छ ।

    नेपालमा पर्यटनको इतिहास र आम बुझाई

    वर्तमान नेपाली भूभागको राजनीतिक नक्सामा पौराणीक तथा सनातन कालदेखि विभिन्न अर्थपूर्ण विचरण भए गरेको किवदन्ती विशेषताः सनातन धर्म र बौद्ध धर्मका पवित्र ग्रन्धहरुमा लिपीबद्ध भएको भेटिन्छन् । सनातन कालमा वर्तमान नेपालका विभिन्न भूभागहरु सनातन र बौद्ध आदी धर्मका महत्वपूर्ण पात्रहरुले गहन विचरण र बसोबास गर्नु वर्तमान पर्यटनसँग सम्बन्धीत तथ्य मान्न सकिन्छ । खास गरी नेपालको अधुनिक पर्यटन विकास विशेषतः औपचारी पर्यटन क्रियाकलाप १९ औं शताब्दीको अन्ततिर भएको पाइन्छ । जहानीय राणा शासन काल र त्यसपछिको सक्रिय राजतन्त्रात्मक शासनकालमा अन्तरराष्ट्रिय तथा घरेलु पर्यटनलाई त्रासको रुपमा लिने गरिएको पाइन्छ । अभिलेखहरु समानता नभए पनि आधुनिक नेपाली पर्यटनको औपचारिक सुरुवात प्रथम पटक सगरमाथा सफल आरोहण पश्चात सुरु भएको अथ्याउन सकिन्छ । औपचारकि रुपमै नेपाली पर्यटनको करिव एक शताब्दी वित्न लाग्दा पनि आम रुपमा नेपालीले पर्यटन र यसको आयामहरु बुझ्न नसक्नु सरकारको नीति नियम निर्माताहरुको कमजोरी हो भन्दा अतिशयोक्ति नहोला ।

    यो कुरामा कुनै विमति छैन कि नेपाल प्राकृतिक रुपमा विश्वकै एक उत्कृष्ट पर्यटन गन्तव्य हो । नेपालको बहुआयामीक धार्मिक तथा सांस्कृतिक पक्ष र जैवीक तथा वातावरणीय भिविधताले नेपाली पर्यटन क्षेत्रलाई अतुलनीय बनाइदिएको छ । समग्रमा भन्दा नेपालले पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेको भएपनि यसको अवस्था अतिनै दयनीय छ । वास्तवमा पर्यटन समग्र देश तथा आम जनसमुदाय विशेषतः पर्यटकीय क्षेत्रका आम जनसमुदायको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झै भएको छ ।

    यो किन भनियको हो भन्दा हालसम्म नेपाल पर्यटन काठमाडौं–पोेखरा–चितवन आदी पर्यटकीय क्षेत्रको त्रिकोणीय संजालमा सीतित छ । अति उत्तकृष्ट पर्यटकीय क्षेत्र विशेषत सुदुरपूर्व र सुदुरपश्चिम राज्यको पर्यटन नीति तथा कार्यक्रमबाट बञ्चित रहदै आएको छ । पर्यटनलाई आमरुपमा सफल बनाउन पर्यटन नीतिहरु मार्फत निम्नस्तरको आर्थिक अवस्था भएको जनसमुदायहरुले यस बाट प्रत्यक्ष लाभ पाउन सक्नेगरी नीति तथा कार्यक्रम अगाडि बढाउन जरुरी हुन्छ । अर्को कुरा पर्यटन भन्ने वित्तिकै विदेशीलाई बुझ्ने आम सोचाइ परिवर्तन गर्न जरुरी छ । पर्यटन अद्योग तबसम्म सफल हुँदैन जबसम्म आन्तरिक पर्यटनले एउटा दिशा लिदैन । आन्तरिक पर्यटनले तवसम्म आफ्नो दिशा लिनसक्दैन, जवसम्म देशमा उत्पादनमुखी उद्योगधन्दाको विकास र जनस्तरसम्म पर्यटन संस्कारको अभिचेतना जगाइदैन ।

    आज विश्वको जतिपनि पर्यटन क्षेत्रमा सफलता पाएका देशहरु छन्, त्यसमा बहुसंख्यक हिस्सा जान्तरिक पर्यटनले ओगटेको हुन्छ । नेपालमा पर्यटन र पर्यटन व्यवसायलाई दिगो बनाउन राज्यले पर्यटन शिक्षालाई अनिवार्य बनाउनुपर्छ । त्यसका लागि आधाभूत विद्यालयमा पाठ्यक्रममा नै पर्यटनका आधारभूत शिक्षा समावेश गर्न ढिलाई गर्नु हुँदैन । नेपाली पर्यटनका आधारहरुलाई अझ बढि व्यवसायीकीकरण गर्न, पर्यटन, शिक्षामा केन्द्रित विश्वविद्यालय स्थापना गर्ने कुरामा राज्यको विशेष ध्यान पुग्न जरुरी छ ।

    भ्रमण वर्ष २०२०

    नेपालको पर्यटनलाई बढावा दिन नेपाली पर्यटनलाई विश्वसामु प्रस्तुत गर्ने हेतुबाट राज्यको उपल्लो स्तरबाटै विशेष महत्वकासात भ्रमण वर्ष २०२० घोषणा हुनु अत्यन्तै सकारात्मक प्रयास हो । नेपाली पर्यटनको औपचारीक घोषणापछि राज्यले विगतमा पनि भ्रमण वर्ष १९९८, गन्तव्य नेपाल २०००-२००३, नेपाल पर्यटन वर्ष २०११, लुम्वीनी भ्रमण वर्ष २०१२ आदी पर्यटन प्रवर्धनात्मक प्रयत्नहरु नगरेको होइन । तर आंशीक लक्ष्य बााहेक ती सबै प्रयत्नहरु पूर्णरुपमा कहील्यै सफल हुन सकेनन् । यसका विभिन्न कारणहरु छन् । मुख्यतः रणनीतिक योजनाहरुमा आम जनताहरुलाई जोड्न नसक्नु विहेषज्ञहरुको सुझावलाई गहनरुपमा कार्यान्वयनमा लैजान नसक्नु, कर्मचारीतन्त्रको योजना कार्यान्वयनमा तदारुकता नदेखीनु र पर्यटन नीति समय सापेक्ष परिस्कृत नगरी दाताहरुको इच्छा अनुसारका नीतिहरुमा राज्यले समर्थन जनाउनु मुख्य रहेका पाइन्छन् । विगितका यस्ता तिता अनुभवबाट शिक्षा नलिने हो भने भ्रमण वार्ष २०२० सफल पार्न त्यति सहज भने देखिदैन ।

    आजको पर्यटन विश्वस्तरमा भएका परिवर्तनले एकदमै विस्तृत र बहुआयामीक बनेको छ । पर्यटनलार्ए एउटा कम्पोटेन्टको रुपमा बुझ्नुभन्दा यसका अपरिहार्य तत्वहरुलाई गहन रुपमा विश्लेषण गरी रणनीतिक र कार्यनीतिक कार्यक्र अगाडि बढाउनु पर्छ । बदलिदो विश्वका राजनीतिक, जनसंख्यीक, सामाजिक, संस्कृति, आर्थीक। वातावरणीय तथा सुचना प्रविधि सबै पक्षबाट प्रयत्न गर्नुपर्छ । पर्यटन विकासमा मुख्यतः बजारीकण र सापेक्षीक इनोभेसन सक्तसञ्चमार जस्तै बन्न पुगेका छन् । भ्रमण वर्ष २०२० लाई पूर्णरुपमा सफल बनाउन विशेषत सरकार, निजीक्षेत्र र स्थानीय जनसमुदायको उत्तस्तरको सहकार्य र सहभागिता अनिवार्य हुन्छ । नेपालको समग्र पर्यटन विकासको लागि एकीकृत पर्यटन विकास मोडेललाई आत्मसाथ गर्नु उपयुक्त देखिन्छ ।

    रागत पर्यटन प्रवर्धन एंव प्रचार प्रसारका विधि तथा प्रयासहरु आजको सापेक्षतामा वस्तुपरक हुन सक्दैन । समयक्रमसँगै सुचना प्रविधिमा आएको क्रान्तिलाई आत्मसाथ गर्दै त्सको सही सदुपयोग नेपाली पर्यटनका सबै पक्षहरुले अपनाउनै पर्दछ । विशेषतः महंगो पर्यटन अन्वेषणका सेवाहरुलाई राज्यले प्रविधि ट्रान्सफरद्वारा नेपाली पर्यटनका समग्रपक्षलाई प्रदान गन सक्नुपर्छ । नेपाल भ्रमण वर्ष २०२० लार्य सुचना प्रविधिका बहुआयामीक प्रयोगलाई भ्रमणवर्षका समग्र कार्यक्रमहरुमा जोड्न सक्नुपर्छ । पर्यटन खोज जो आफैमा कुनै आविस्कार नभएर पर्यटन नीति, पर्यटन कार्यनीति, पर्यटन संगठनात्मक संरचना पर्यटन बारीकरण, पर्यटन, ब्राण्डीङ, र पर्यटन व्यवस्थापनको सरलिकृत र सापेक्षीक परिवर्तन हो । यससँगै पर्यटन प्रचार–प्रसारमा पनि राज्यले विशेष जोड दिनुपर्दछ । नेपालको सन्र्दभमा डिजिटल मार्कटिङ र सबै पक्षको सहभागितामा जोड दिनुपर्छ । छिमेकी देशका सवालमा चीन र भारतमुखी प्रचार नेपाली पर्यटन क्षेत्रको विभेदीकरण र लक्षीत पर्यटन बजारको हिस्सामुखी हुनु जरुरी देखिन्छ । यीनै पर्यटन खोज र पर्यटन प्रचारप्रसारको एकीकृत रुपमलाई एकीकृत पर्यटन विकास मोडल भनेको छु ।

    • लेखकले नेपालको पर्यटन विकासको नीति बजारीकरण र अन्वेषणमा चीनबाट पिएचडी सोध गरेका छन् ।
    प्रतिकृया दिनुहोस्