आज :

उपनिर्वाचन सशक्त बहिस्कार गर्छौः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचन सशक्त बहिस्कार गर्ने निर्णय गरेको छ । पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी भारतले नेपालीभूमी कब्जा गरिरहेको बेला विरोध गर्नुको साटो जनतालाई झुक्याउन र सामाजिक दलाल सासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक गरेको मंचन गरेको बताएका छन् ।

सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएकाले सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने विप्लवले विज्ञप्तिमा भनेका छन् । “वर्तमान सामाजिक फासिवादी सरकारले यही मङ्सिर १४ गते कथित उपनिर्वाचनको घोषणा गरेको छ । भारतीय साम्राज्यवादले नेपालको जमिन मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसका विरुद्ध देशभक्त जनता सडकमा उत्रिएका छन् । हाम्रो पार्टीले सबै देशभक्त शक्तिलाई उक्त सङ्घर्षमा उत्रिन पनि आह्वान गरिराखेको छ । आफूलाई खाँट्टी राष्ट्रवादी भएको भन्दै आएको केपी सरकारले यति ठूलो राष्ट्रघात हुँदा पनि भारतीय साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरेको छ” विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । लोकतन्त्रको वकालत गर्न सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएकोले आफ्नो पार्टीले उपचुनावको सशक्त बहिष्कार गर्ने निर्णय गरेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा सरकारले गरेको राष्ट्रघात, महंगी, भ्रष्टाचार, बेरोजगारीलाई संसदीय चुनावहरूले समाधान गर्न नसक्ने भन्दै श्रमिक तथा उत्पीडित वर्ग, सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई यो चुनाव बहिष्कार गर्न पार्टी अपील गरेका छन् ।

सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाएकोले चुनावका सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने विप्लवले विज्ञप्तिमा भनेका छन् । “विगत आठ महिनादेखि यो सामाजिक फासिवादी दलाल सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपरेको छ । उक्त प्रतिबन्धको चौतर्फी विरोध हुँदाहुँदै पनि हत्या हिंसा र गिरफ्तारी जारी राखेको छ । यो सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तसर्थ आमजनतालाई सरकारी पार्टीका चुनावी कार्यक्रमहरूमा सहभागी नबन्न विशेष अनुरोध गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी विप्लवको विज्ञप्तिमा सरकारको उक्साहटमा लागेर आफ्नो पार्टीमाथि दमनमा नत्रिन सुरक्षा निकायलाई अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “देशैभरि निरङ्कुशता र सर्वसत्तावादी फासिवादी सरकारको उक्साहटमा लागेर जनता र हाम्रो पार्टी्विरुद्ध दमनमा सहभागी नबन्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्दछौँ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal