News Portal

  • आज सुन चाँदीको भाउ

    २७६ पटक

    काठमाडौं । निरन्तर बढ्ने र घट्ने क्रममा रहेको सुनको भाउ मंगलबारस्थिर छ ।

    साताको तेस्रो दिन मंगलबार सुनको भाउ स्थिर देखिएको हो । साताको पहिलो दिन आइतबार सुनको भाउ पुन ः उकालो लागेकोमा यो क्रम सोमबारसमेत निरन्तरता पाएको थियो ।

    तर मंगलबार सुनको मूल्य सोमबारकै कायम छ । मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्