आज :

आज मोहम्मद डे विभिन्न कार्यक्राम गरी मनाइँदै

कपिलवस्तु । आज नेपालसहित विश्वभरका मुस्लिम धर्मावलम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४४१ औँ जन्मजयन्ती मनाएका छन् ।

उनको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।

उनको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्यालीको आयोजना गरेका छन् ।

कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगञ्ज, बहादुरगञ्जमा मुस्लिमहरुले र्याली निकालेर मोहम्मद डे धुमधामका साथ मानाउँदै गरेको मौलना रमजान मन्सुरीले जनकारी दिए ।

र्यालीमा उपस्थित मुस्लिम अगुवाहरुले मोहृममद डेको अवसरमा सरकारले सर्वाजानिक बिदा दिनुपर्ने माग समेत गरे । मुस्लिम अगुवाहरुले मुस्लिम आयोग गठन गर्नुपर्ने, मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसा अन्य सरकारी विद्यालय सरह हुनुपर्ने लगायतका माग राखेका छन् ।

सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने मुसलमान संयुक्त संघर्ष समितिसँग सम्झौता गरे पनि कार्यान्वयन नभएकामा उनीहरुले दुःख व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal