News Portal

  • स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

    ६७६ पटक

    काठमाडौंं । स्कुटर अनियन्त्रित भई पल्टिँदा चितवनमा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा भरतपुर उपमहानगरपालिका-५ का १७ वर्षिय भिमसेन पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५९ प ३३७० नं.को स्कुटर भरतपुर–७ तेह्रसालचोकमा आइतबार बिहान ४ बजे दुर्घटनामा भएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते पोख्रेलको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ : ४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । शव भरतपुर अस्पतालमा राखिएको छ ।

    प्रहरीका अनुसार मृतक भरतपुर-११ का २६ वर्षिय सुवास तामाङको स्कुटर चलाउने क्रममा दुर्घटनामा परेका हुन् । स्कुटरको पछाडि सवार रत्ननगर नगरपालिका–६ की २० वर्षिय पूजा सुनार घाइते भएकी छिन् ।

    उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते सुनारको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्