आज :

मेरिलेबोन विरुद्धको खेलमा नेपालको लज्जास्पद हार

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब विरुद्धको ३ दिवसीय खेलमा नेपाल २ सय ८ रनको भारी अन्तरको हार ब्होरेको छ ।

३ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली इनिंग्स ४१ ओभरमा मात्र १ सय ८४ रनमा समेटिएको हो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको योगदान दिए । करण केसी १८ रन बनाएर पेभेलियन फर्किए ।

सोमपालले करण केसीसँग आठौं विकेटका लागि ४६ रनको साझेदारी गरे । नवौं विकेटका लागि सोमपालले सन्दीप लामिछानेसित अद्र्धशतकीय साझेदारी गरे । नेपालको दुबै पारीमा ओपनर र मध्यक्रमका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । राजु रिजाल ५ चौकासहित ३१ रनको योगदान दिए ।

यसअघि कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले आफ्नो पहिलो पारीमा ३ सय ६४ रन बनाएको थियो । उसको लागि मायल्स हयामोन्डले ५२, विलियम भेन्डरस्पारले ५३, यासिर अराफातले सर्वाधिक ६५ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामीले २, करण केसी ३, सन्दीप लामिछाने ३ तथा शरद भेषवाकरले २ विकेट लिए ।

जवाबमा नेपाल मात्र १ सय ५३ रनमा खुम्चियो । ३३ रनका ५ विकेट गुमाएको नेपालका लागि विनोद भण्डारीले सोमपाल कामीसित छैठौं विकेटका लागि ७२ रनको साझेदारी गरेर इनिंग्स उकासीए । भण्डारी ३६ तथा कामी २६ रन बनाएर पेभेलियन फर्किए ।

सन्दीप लामिछानेले उत्कृष्ट ३९ रन बनाएर नेपाललाई सहज योगफलसम्म पुयार्ए । पहिलो इनिंग्समा २११ रनको अग्रता लिएको एमसीसीले आफ्नो दोस्रो इनिंग्समा छ विकेटको क्षतिमा १८१ रन बनाएर नेपाल समक्ष ३९३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal