आज :

सबै वर्गका उपभोक्ताका लागि विद्युत महसुल समायोजन हुने

काठमाडौं । विद्युत नियमन आयोगले सबै वर्गका उपभोक्ताले तिर्नुपर्ने विद्युत महसुल समायोजन गर्ने तयारी गरेकोे छ ।

देशबाट लोडसेडिङ अन्त्य भएको तथा विद्युत उत्पादन बढेर चालू आर्थिक वर्षमै दोब्बर हुने सरकारको अंकलन छ । सोही कारण पुरानो महसुल दरमा पुनरावलोकन गर्नुपर्ने समय आएको भन्दै यस्तो तयारी गरेको हो ।

आयोगले मंगलबार ‘विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका २०७६’ को मस्यौदा सुझाबका लागि सार्वजनिक गरेको छ । विद्युत वितरक प्राधिकरण र बुटवल पावर कम्पनीको सुझाब लिन निर्देशिकाको मस्यौदा सार्वजनिक गरिएको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले बताए ।

‘सेवाप्रदायक निकाय तथा सरोकारवालाको सुझाब लिइसकेपछि सार्वजनिक सुनुवाइ गर्ने र सबै पक्षको सुझाबपछि निर्दे्शिकालाई अन्तिम रूप दिएर कार्यान्वनयमा ल्याइनेछ,’ उनले भने । प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको कारण डेडिकेटेड महसुल समायोजनको प्रस्ताव पनि आयोगसमक्ष लैजाने तयारी गरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणबाट हाल औद्योगिक, व्यावसायिक, गैरव्यावसायिक, सिँचाइ, खानेपानी, मन्दिर, सडक बत्ती, अस्थायी आपूर्ति, गैरघरायसी, मनोरञ्जन, व्यापार, विद्युतीय यातायात उपभोक्ता वर्गका लागि फरक-फरक महसुल दर निर्धारण गरी महसुल असुल गर्दै आएको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७५-७६ सम्ममा कुल ४४ लाख ४० हजार ८ सय ७३ घरधुरी उपभोक्ता रहेका छन् । हालसम्म नेपालका ७८ प्रतिशत जनता विद्युतको पहुँचमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal