आज :

अनावश्यक आर्थिक भार पर्ने भन्दै पेरिस सहमतिबाट बाहिरिने अमेरिकाको तयारी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने मनसाय व्यक्त गरेको छ ।

आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ । सम्झौताले अमेरिकालाई अनावश्यक आर्थिक भार पर्ने भन्दै पेरिस सहमतिबाट बाहिरिन चाहेको जनाएको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक महिना अघि नै आफ्नो योजनाबारे राष्ट्रसंघलाई जानकारी गराएको बताए । उक्त सम्झौतामार्फत विश्वका १ सय ८८ राष्ट्र जालवायू परिवर्तनका मुद्धामा एक भएर अघि बढ्ने प्रतिवद्धतासहित गोलवद्ध भएका थिए ।

पेरिस सम्झौताले अमेरिका र अन्य १८७ देशलाई बढ्दो विश्वव्यापी तापमान नियन्त्रणका लागि प्रतिवद्धता जनाएको थियो । गत वर्ष डिसेम्बरमा अन्तराष्ट्रिय र युरोपेली मामिला प्रतिष्ठानले जारी गरेको एक प्रतिवेदन अनुसार राष्ट्रपति ट्रम्पले गरेको पेरिस सम्झौताले ठूलो क्षति भएको औंल्याएको थियो ।

उक्त प्रतिवेदनले रसिया र टर्कीले हस्ताक्षर गरेपनि सम्झौता पालान गर्न इन्करा गरेकोसमेत उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal