
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको कृषि तथा खाद्य सुरक्षा सुधारका लागि ५ अर्ब भन्दा बढी ऋण सहयोग स्वीकृत गरेको छ ।
नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यावसायीकरणका लागि ५ करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको एडीबीको नेपालस्थित कार्यालयले जानकारी गराएको छ ।
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अहंम भूमिका रहँदै आएको छ । यसको सम्भावना पनि प्रशस्त छ । यसका बाबजुद् पनि दक्षिण एसिया क्षेत्रमा नै नेपालको कृषि क्षेत्रमा न्यून उत्पादकत्व रहेकाले यसमा सुधारका लागि सहयोग गर्न लागिएको बैकले जनाएको छ ।