आज :

भियतनामी नागरिकको ३९ शव फेला

काठमाडौं । बेलायतको एसिक्समा लरीभित्र मृत फेला परेका ३९ शव भियतनामका नागरिक भएको प्रहरीले बताएको छ ।

गत साता एसिक्समा चिसो तापक्रम हुने व्यवस्था गरिएको लरीभित्र ती शवहरू फेला परेपछि मृतकहरू चिनियाँ भएको बताइएको थियो ।

एसिक्स प्रहरीले अहिले आफूहरू केही मृतकका भियतनाम र यूकेस्थित परिवारजन तथा भियतनाम सरकारसँग सोझो सम्पर्कमा रहेको बताएका छन् ।

शव भेटिनुभन्दा केही समयअघि २६ वर्षिय एक महिलाले परिवारलाई सन्देश पठाउँदै आफ्नो विदेश यात्रा असफल भएको जनाएकी थिइन् । मृत्यु हुनेमा ३१ पुरुष र ८ महिला छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal