आज :

निषेधित क्षेत्र तोडेर रास्वपा कार्यकर्ताद्वारा अदालत अगाडि प्रम ओलीबिरुद्ध नाराबाजी

  • अनलाइन डबली

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर कास्की जिल्ला अदालत अगाडि वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाराबाजी गरेका छन् ।

सुर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा रबि लामिछानेको थुनछेक बहस सकिएर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की फिर्ता लैजाने क्रममा रस्वपाका नेता तथा कार्यकर्ताहरुले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर अदालत अगाडी वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाराबाजी गरेका हुन् ।

कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीले घेरा हालेर प्रत्रकारहरुलाई समेत अलमलमा पारेर रबि लामिछानेलाई प्रहरी भ्यानमा लैजाने क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र कास्की जिल्ला अदाता अगाडी उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले सरकार र प्रम ओलीको बिरुद्ध नाराबाजी मात्र गरेका हुन् ।

सोहि समुहले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाविरुद्ध चर्को नाराबाजी पनि गरेका थिए । उक्त बिरोध प्रदर्शनमा सहभागी केही रास्वपाका कार्यकर्ताहरुले वर्तमान सरकारको राजिनामा पनि माग गरेका थिए ।

राष्ट्रिय स्वन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले अदालत अगाडी सरकारविरुद्ध नाराबाजी गरेर शहिदचोक पुगेपछि जम्मा भएका सुर्यदर्शन सहकारी पिडितहरु जिल्ला अदालत अगाडी जम्मा भएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुको चर्को बिरोध गरेका थिए।

उनीहरुले अदालतमा मुद्दा चलिरहेका बेला कसैले अदालतको काम कारबाहीलाई प्राभाव पार्न नहुने जिकिर गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal