आज :

अरुणको हत्यारा बचाउँदै महोत्तरी प्रहरी, जाहेरी नलिएपछि वृद्ध बुबा काठमाडौंमा

  • अनलाइन डबली

काठमाडौं । २०८० चैत १४ गते हत्या गरिएका औरही नगरपालिका ४ का ३० वर्षको अरुण कुमार पंडितको न्यायका लागि उनका वृद्ध बुबा गणेश पंडित काठमाडौंमा आएका छन् । हत्या भएको भण्डै १ वर्षसम्म पनि महोत्तरी प्रहरीले जाहेरी लिन इन्कार गरेपछि संघिय राजधानी काठमाडौं आउन बाध्य भएको पण्डित बताउँछन् ।

हत्या भए लगत्तै महोत्तरी जिल्लाको इलाका प्रहरी कार्यालय गौशालमा किटानी जाहेरी दिएको तर इलाका प्रहरी इन्र्चाज इन्सपेक्टर मनोज यादवले दर्ता गर्न नमानेको बुबा गेणशले बताए । बारम्बार ताकेता गर्दा पनि इलाका प्रहरीले नमानेपछि झण्डै एकमहिनापछी जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पुग्दा उसले पनि जाहेरी लिन नमानेको र हाल न्यायका लागि काठमाडौं पुग्नु परेको गणेश बताउँ छन् ।

घटना भएको २ महिनापछी अर्थात २०८१ जेठमा सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पीडा व्यक्त गरिएको तर अहिलेसम्म केही हुन नसकेपछी पुन काठमाडौं गुनासो लिएर आएका हुन् । आईतबार केन्द्रीय राजधानी काठमाडौंको लाजिम्पाट स्थित केन्द्रीय अनुसन्धान व्युरो(सिआवी)मा पुगेर सो विषयमा जानकारी गराएको र त्यसबारे प्रक्रिया अगाडी बढाउने आश्वासन पाएको बताए । थप दबाबको लागि आफू एकहप्तादेखि माईतिघर मण्डलामा धर्नामा पनि बसिरहेको पीडित बुबा गणेश पण्डितले बताउँदै भने,“हामी गरिब मान्छे एक्लो छोराको न्यायका निम्ति यहाँ आएर पनि कसैले सुन्ने अवस्था छैन रहेछ ।” “बुढेशकालको साहाराका रुपमा रहेको एकमात्र छोरालाई मारिदए, त्यो पीडा त छँदैछ त्यसमाथि हत्याराहरुलाई कानुनी कारबाहीको लागि गुहार्दा पनि कसैले सुनेन, अब के गर्ने, कहाँ गएर दुःखको भारी विसाउने ।” बुबा गेणेशले रुदै भने ।

के थियो घटना ?
महोत्तरी जिल्ला औरी नगरपालिका ४ कविलाशा टोल स्थायी घर भएका ३० वर्षिय अरुण कुमार पंण्डित विगत १० वर्षदेखि गाउँमा क्लिनिक खोलेर त्यसमार्फत जिवीकोपार्जन गर्दै आएका थिए । २०८० चैत १४ गते रातिको ११ः३० बजे स्थानिय अन्दाजी २४ वर्षिया जसोधा देवी पंडितले आफ्नो सासु विरामी भएको र उनको उपचार गर्ने बहानामा ५ पटकसम्म फोन गरेर घरमा बोलाई घटना गराएका थिइन् । सोही कविलाशा टोलका स्थानिय ६२ वर्षिय झगरु पण्डितलाई पहिले मृतक अरुणले आफ्ननो क्लिनिकबाट उपचार गरेको र सो बापतको शुल्क नदिएको विषयमा पहिलेदेखि रिषिभि रहँदै आएको विषयले उग्र रुप लिएको देखिन्छ । जसोधाले आफ्नो घर बोलाउनुपूर्व आरोपी झगरु पंडित, उनको छोरा सन्तोस पंडित, सोही ठाउँमा बस्ने ४५ वार्षिय पचिया देवी, फोन गर्ने जसोधा कुमारी पंडित, ४७ वर्षिय हजारी पंडित, ५० वर्षिय रामप्रसाद पंडित र ३५ वर्षिय मुकेश पंडित गरेर ७ जनाको समुहले अरुणको हत्या गरेको देखिन्छ ।

त्यसछि छोरा नआएपछि घरपरिवारले उनको खोजि गर्ने क्रममा अभियुक्तहरुले हत्या गरेर आफ्नै गोठ भित्रको छानामुनी झुण्ड्याएको अवस्थामा रातको करिब १ः०० बजेको समयमा फेला परेको बुबा गणेशले बताए । मृतक बुबा गणेशले झुण्ड्याएको आवस्थामा देखेपछि होहल्ला गर्दा तत्काल उनै अभियुक्तहरुमध्येका मुकेश र हजारीले बञ्चरो हातमा लिएर आफैले डोरी काटेका थिए । उनिहरुले बञ्चरोले डोरी काट्नु र ‘तपाईको छोरा मरिसकेको छ’ भन्नु, त्यो भन्दा पनि हताहतार उनिहरु घटनास्थलमा प्रस्तुत भएर अत्महत्याको लेपन दिनखोज्ने विषयले के प्रष्ट हुन्छ कि उनिहरुले नै हत्या गरेका थिए ।

अभियुक्तमध्येका झगरु पंडित सोहि ४ नंबर वडाको ओडा सदस्य भएकोले उनि आफैले तत्काल ओडा अध्यक्ष र प्रहरी बोलाई रातमै हताहतार पोष्टमार्टमको लागि पठाएको र हालसम्म पनि पोस्टमार्टम रिपोर्ट प्रहरीले घरपरिवारलाई दिन नमानेको बुबा पीडा सुनाउँछन् । घटना स्थलमा लछारपछार गरेको निशान, मृतकले लगाएको भेष्ट च्यातिएको, मुख फुटेको, एउटा हात र एउटा खुट्टा भाँचिएको अवस्थामा उनको लाशलाई हतारहातार प्रहरीले आफ्नो नियन्तरणमा लिनु र जाहेरी पनि नलिनुले त्यहाँका उच्च अधिकारी देखि राजनीतिक नेताहरुको पनि मिलेमतो रहेको पीडित परिवार बताउँछन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal