काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको छ । सोमबार सक्ने गरी बसेको बैठक नेताहरुले बोल्नेक्रम नसकिएपछि आजसम्म लम्बिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज अध्यक्ष ओलीले नेताहरुले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिनेछन् ।
ओलीले जवाफ दिने र केही राजनीतिक र सांगठानिक निर्णयसँगै समसामयिक प्रस्तावहरु पास गरेर बैठक सकिने गौतमले जानकारी दिए ।