आज :

हड्तालसहित उप-निर्वाचनको बहिष्कार गर्छौं : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले यहि मंसिरमा हुने उप–निर्वाचनलाई हड्तालसहितको बहिष्कार गर्ने निर्णय गरेको छ । शनिबार संवाद डबलीमा बसेको केन्द्रीय समितिको बैठकमा एकमतका साथ सो निर्णय पास भएको महासचिब कर्णजित बुढाथोकी ‘शुसील’ले बताए ।

गौशालस्थित पार्टी केन्द्रीय कार्यालयमा असोज ३० गते पदाधिकारी र कार्तिक १ गते पोलटब्युरो बैठकले मुख्य त उप–निर्बाचन तथा पार्टी एकताको विषयलाई केन्द्रीय समितिमा घनिभूत छलफलसहित शसक्त बहिस्कार गर्ने निर्णय भएको बैठकपछि शुसीलले जानकारी दिए ।

६५ सदस्यि केन्द्रीय समिति रहेको उक्त पार्टी बैठकमा मुलतः वर्तमान सरकारको जनविरोधी गतिविधीको भण्डाफोर गर्नु पर्ने विषयमा जोड दिइएको बताइएको छ । केन्द्रीय सदस्यहरुले रिर्पोटिङका साथै पार्टी सुदृढीकण र संगठन विस्तार गर्ने र वैद्य,विप्लव लगायतका क्रान्तिकारी शक्तिहरुसंगको एकतालाई मुल एजेण्डालाई पनि समर्थन गरेको जनाईको छ ।

गत असोज २ गते सरकारलाई दिइएको १८ बुँदासहितको एक महिने अल्टिमेटम पत्रको सुनुवाई नगरेको कारण पनि उपनिर्बाचनलाई वहिष्कार गर्नु परेको माओवादी केन्द्रले जनाएको छ ।

तीन दिनसम्म चलेको बैठकमा व्यापक रुपले राजनीतिक तथा वैचारीक बहस गरिएको र त्यसको निचोडमा आफूहरु लोकतान्त्रिक पद्धती र निर्वाचन विरोधी नभए पनि सरकारको फासिवादी गतिविधिले आफ्नो पार्टी शसक्त हुँदै जाने युवा नेता आलोक रायमाझीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal