आज :

‘टिचिङ’ मा तेस्रो पटक कलेजो प्रत्यारोपण सफल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ ।

शुक्रबार रुपन्देहीका ५२ वर्षिय पुरुष बिरामीलाई उनका २७ वर्षिय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता प्राप्त गरेको हो । प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रत्यारोपण चिकित्सक प्रा.डा.रमेशसिंह भण्डारीको टोलीले करिब ८ घण्टा लगाएर सो प्रत्यारोपण गरेको थियो । प्रा.डा.भण्डारीका अनुसार अस्पतालमा यो प्रत्यारोपण तेस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो ।

गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण भएको थियो । पहिलो प्रत्यारोपणमा ३३ वर्षिय छोरीले ५८ वर्षिय आफ्ना पितालाई कलेजो दिएकी थिइन् । ‘हामी अस्पतालमा कलेजो प्रत्यारोपणलाई नियमित बनाउने तयारीमा छौं । महिनामा कम्तीमा एउटा कलेजो प्रत्यारोपणको लक्ष्य लिएका छौं’-उनले भने ।

विदेशको तुलनामा नेपालमा कलेजो प्रत्यारोपण कार्य सस्तो छ । प्रा.डा.भण्डारीकाअनुसार करिब २५ लाखमा कलेजो प्रत्यारोपण गर्न सकिनेछ । आफ्ना परिवारभित्रका सदस्यले मात्र कलेजो दान गर्नसक्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal