आज :

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु

जावलाखेल । शुक्रबारदेखि १३ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी र मेला सुरु भएको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगँन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको मेलामा ४९ ओटा स्टल राखिएको फ्लोरिकल्चर एसोसिएशन अफ् नेपालले जनाएको छ ।

यस पटक मेलामा विदेशबाट आयात गरिएका १६ ओटा नयाँ प्रजातिका फूलको पनि प्रदर्शनी हुनेछ । तिहार नजिकिँदै गर्दा एसोसिएशन गोदावरी फूल प्रदर्शनीको तयारीमा जुटेको हो ।

घर, आँगन बगैँचालगायत सजाउन र स्वागत सत्कारमा विशेष प्रयोग गरिने फूलको व्यवसायिक प्रवर्दधन तथा पुष्प व्यवसायीलाई हौसला प्रदान गर्न प्रतियोगिता गर्न लागिएको एसोसिएशनले बताएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । नेपालमा पुष्प व्यवसायमा आबद्ध हुनेको संख्या ७ सयभन्दा धेरै छ भने ४३ जिल्लामा फूल खेती विस्तार भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal