आज :

स्मार्ट कार्ड नेपालले भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति पायो

काठमाडौं । स्मार्ट कार्ड नेपाल प्रालिले भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति दिएको छ ।

कम्पनीले भुक्तानी तथा फर्छ्यौट नियमावली अनुसार नेपाल राष्ट्र बैंकबाट बिहीबार अनुमति पत्र पाएको हो । कम्पनीले स्मार्ट स्क्रयाच कार्ड र स्मार्ट वालेटको माध्यमबाट सेवा प्रवाह गर्ने जनाएको छ ।

अनुमति पाएसँगै चाँडैनै कारोबारमा जाने कम्पनीका संचाकलक प्रतापजंग पाण्डेले बताए । प्रिपेड स्क्रयाच कार्ड मार्फत बैंक तथा बित्तिय संस्थामा रकम जम्मा गर्न तथा डिजिटल वालेट लोड गरि आफ्नो आर्थिक कारोवार गर्न सकिने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले सम्पूर्ण प्रयोगकर्तालाई बित्तीय पहुँच पुर्याउने, नगद कारोवारलाई क्यास लेस ट्रान्जेक्सनमा प्रोत्साहन गर्ने, सानो सानो पैसालाई समेत बैंकिङ च्यानलमा ल्याई बचत गर्ने बानीको बिकास गराउने र ग्रामिण भेगमासमेत आफ्नो सेवा सञ्चालन गर्ने जनाएको छ ।

यस कम्पनीमा लगानी कर्ताकारुपमा अम्बिकाप्रसाद पौडल, चिरञ्जिवी थापा, तिलकबहादुर रानाभाट सञ्चालक रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal