आज :

नेप्से झिनो अंकले सुधार, कारोबार रकम खस्कियो

काठमाडौं । साताको कारोबारमा अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकले सुधार देखिएको छ ।

आज (बिहीबार) परिसूचक ०.७१ अंकले बढेर १ हजार १ सय ३७.७५ अंक कायम भएको छ । १६० वटा कम्पनीको ९ लाख ९८ हजार कित्ता सेयर ३ हजार ५ सय ७८ पटक खरिद बिक्री हुँदा कारोबार रकम भने १८ करोड २९ लाख ९४ हजार ९ सय रुपैयाँमा खुम्चिएको छ ।

सेन्सेटिभ परिसूचकमा ०.५४ अंकको करेक्सनपछि २४९.१२ अंकमा कायम छ । बिहीबार होटल समूह, विकास बैंक समूह, उत्पादन समूह र अन्य समूहको उपसूचक क्रमश : १.८८, १०.१३, २.६९ र २.६ अंकले घटेको छ ।

सबैभन्दा बढी निर्जीवन बिमा समूहको उपसूचक ३६.८६ अंकले बढेको छ । कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेडको १ करोड ९९ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कमाउनेमा सानिमा इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता ८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता छन् । उनीहरुले प्रतिकित्ता ६.२५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal