आज :

राष्ट्रिय वाणिज्य बैंकले युवाहरुलाई नि : शुल्क वित्तीय तालिम दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित सामाजिक उत्तरदायित्वअन्तर्गत आरबिबी इम्पावरमेन्ट एकेडेमी कार्यक्रमको सुरुवात गरको छ ।

फाइनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्ने छन् । यस एकेडेमीले २०७६ कार्तिक १ गतेबाट नै नि ः शुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन ३ दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा सञ्चालन गर्नेछ ।

पहिलो चरणको ट्रेनिङ, प्रदेश ३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आह्वान गरिएको छ ।

वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा नि : शुल्क रुपमा दिइने यो तालिम राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्गस्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५५ वर्षको इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृतिविकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal