आज :

नेकपाको उपनिर्वाचनका लागि उम्मेदवारको नाम पठाउन निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उप निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको नेकपाको सचिवालय बैठकले कात्र्तिक १० गतेभित्र कम्तिमा ३ जनाको नाम सिफारिश गर्न निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंसिर ६ गते उपनिर्वाचन हुँदैछ । बैठकले संगठन विभागलाई विस्तार गरेको छ । वामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेको संगठन विभागमा ३ जना सदस्य चयन गरेको छ । सदस्यमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal