News Portal

  • कलेजको शुल्क निर्धारण गर्न चिकित्सक संघको माग

    ५६२ पटक

    काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल कलेजहरूको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ ।

    चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरूविरुद्ध आन्दोलन भइरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका हुन् ।

    उनले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिअनुसार चिकित्सा क्षेत्रको सुधारमा सरकार लागि नपरेको आरोप पनि लगाए ।

    बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । अध्यक्ष श्रेष्ठले चिकित्सा शिक्षा आयोगको बैठकमा समेत सरकारले नबोलाएका कारण यस क्षेत्रको समस्या समाधानका लागि आवश्यक निर्णय लिन कठिनाई भइरहेको बताए ।

    प्रतिकृया दिनुहोस्