आज :

आज बडा दशैंको पाँचौं दिन, स्कन्दमाताको आराधना गरिदै

काठमाडौं । नवरात्रको पाँचौं दिन महामायाको पाँचौं स्वरुप भगवती स्कन्दमाताको संकल्पवद्ध भएर आराधना गरिँदैछ ।

सांसारिक मोहमा ग्रस्त भएका जीवहरुको उद्धार गर्ने भगवतीको अवतार स्कन्दमाता हो । नवरात्रको पञ्चमीको दिनमा स्कन्दमाताले अवतार ग्रहण गरेकोे विश्वास रहिआएको छ ।

माता सम्पूर्ण प्राणीमा भावअनुसारको फल प्रदान गर्छिन् । भगवतीको सात्विक भावावतारको रुपमा रहेकी माताको उपासना गर्दा इन्द्रियलाई संयम राखी धैर्य एवं प्रेमपूर्वक निर्विकार शक्तिको चिन्तन गर्नुपर्छ ।

चिन्तनमा तलमाथि भएमा मानसिक विचलन आउन सक्छ । भक्तको अभिलाषा पूरा गर्ने स्कन्दमाताले भक्तलाई अत्यन्त शुभ फल प्रदान हुनेछ । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान विशुद्ध चक्रमा केन्द्रित हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal