आज :

चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच भाइचारा सम्बन्ध स्थापित भएको छ ।

काठमाडौंमा दुई दिनदेखि जारी सी चिनफिङ विचारधारा सम्बन्धी छलफलको दोस्रो दिन दुई पार्टीका नेताहरुबीच भाइचार सम्बन्ध स्थापित गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

विचार आदान प्रदान तथा छलफल कार्यक्रमको दोस्रो दिन दुई पार्टीका नेताहरुले सहयोग तथा भाइचारा सम्बन्ध स्थापित गर्ने समझदारी पत्र लेनदेन गरे ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा उक्त समझदारी भएको हो । समझदारीमा पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारीपछि दुईपक्षीय भ्रमण, प्रशिक्षण, अध्ययन, अनुसन्धानलगायत कामलाई पार्टी च्यानलबाट व्यवस्थित गरिने छ । दुई दिने संयुक्त विचार गोष्ठी आज सकिँदैछ । दुई देशका पार्टीबीच जारी संयुक्त गोष्ठी पनि आजै सकिने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal