आज :

विद्युत महशुल चर्को दरमा उठाउने घरबेटीलाई सचेत रहन कुलमानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार काठमाडौंमा पकार सम्मलेन गर्दै मिटर बिलमा उल्लेख भएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको भन्दै त्यसो नगर्न सचेत गराए ।

विद्युत प्राधिकरणको मिटर बिलमा उल्लेख गरिए भन्दा बढि रकम लिन नपाउने कानुनी व्यवस्था रहेको भन्दै उनले प्राधिकरणको वेबसाईटमा उल्लेख गरिए अनुसारको महशुल थाहा पाउन उपभोक्ताहरुलाई आह्वान गरे ।
आगामी चैत महिना भित्र ४५६ मेघावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य प्राधिकरणको रहेको छ ।

१११ मेघावाटको रसुवागढी जलविद्युत आयोजना, १४.८ मेघावाटको माथिल्लो सान्जेन विद्युत आयोजना र निजी क्षेत्रका आयोजनाहरुसमेत गरेर चालू आर्थिक वर्ष भित्र १ हजार मेघावाट विद्युत थप गर्ने योजना तय गरिएको उनले बताए ।

प्राधिकरणले चालू आर्थिक वर्ष भित्रै रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरा गरी ४ जिल्लामा राष्ट्रिय ग्रिड पुर्याउने योजना तय गरेको छ । उनले चालू आर्थिक वर्ष भित्र देशभर स्मार्ट मिटर जडान कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal