आज :

२ मोटरसाइकल ठोक्किए लगत्तै ट्रकको ठक्करबाट २ को मृत्यु, १ जना घाइते

काठमाडौं । सोमबार बेलुका देउखुरीमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही-भालुबाङ सडक खण्डको पिपरीमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घोराही–१५ का २६ वर्षिय बालकृष्ण भण्डारी र लमही नगरपालिका ४ का २७ वर्षिय विनायक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीका २८ वर्षिय दिपक मरासिनी गम्भीर घाइते भएका छन् । उनलाई विष्ट पोलिक्लनीकमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal