आज :

महिलाबारे गरेको टिप्पणीप्रति दलाई लामाले माफी मागे

काठमाण्डौ । तिब्बती धर्म गुरु दलाई लामाले महिलाका बारेमा गरेको टिप्पणीप्रति माफी मागेका छन् । धर्म गुरु लामाले महिला उत्तराधिकारीको सम्भावना सम्बन्धमा गरेको टिप्पणी विवादित बनेको थियो ।

दलाई लामाले आफ्नो उत्तराधिकारी बन्नका लागि महिलामा हुनु पर्ने विशेषता ‘सुन्दरता’ रहेको बताउदै माफी मागेका हुन् । आकर्षक महिला मात्रै आफ्नो सम्भावित उत्तराधिकारी बन्न सक्ने उनले बताएका थिए । त्यसको सर्वत्र विरोध भएपछि धर्म गुरु लामाले माफी मागेका हुन् ।
उनको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा धर्म गुरु दलाई लामाले आफूले प्रयोग गरेको शब्द प्रति माफी मागेको उल्लेख गरिएको छ । तर उक्त शब्दको प्रयोग हाँस्यका लागि मात्रै गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘आफूले प्रयोग गरेको शब्दबाट मानिसमा पर्न गएको असर प्रति उहाँ निकै दुःखी हुनुहुन्छ र माफी माग्नु चाहनु भएको छ ।’

यो हप्ता ८४ वर्ष लागेका दलाई लामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, तिब्बत फर्किने आफ्नो सपना र शरणार्थीसहितका विषयमा बोलेका थिए । तर भावी दलाई लामा महिला हुन सक्ने सम्भावना सम्बन्धी कुरा गर्दा उनले भनेका थिए, ‘यदी कोही महिला दलाई लामा हुन्छन् भने उनी अति आकर्षक हुनु पर्छ ।’ उनी यति भनेर हाँसेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal