आज :

युक्रेनमा युद्धविराम गर्दैनौं तर बार्ताको लागि तयार छौंः पुटिन

  • अनलाइन डबली

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम भन्दा पनि दीर्घकालिन शान्ति चाहिएको प्रतिक्रिया दिएका छन् । त्यसक्रममा उनले युक्रेनमा आफूले लक्ष्य प्राप्त गरेको दाबी पनि गरे ।

विहीबार मस्कोमा आयोजित बार्षिक प्रश्नोत्तर कार्यक्रममा उनले युक्रेन अपरेशनले ठूलो परिवर्तन आएको र रुसी सेनाले आफ्नो प्राथमिक लक्ष्य हासिल गर्न अगाडि बढिरहेको बताए।

तपाईं युक्रेनसँग कुनै सम्झौताका लागि तयार हुनुहुन्छ भन्ने प्रश्नमा पुटिनले राजनीति भनेकै सम्झौताको कला भएकाले रुस सधैँ सम्झौता र संवादका लागि तयार रहेको बताए।

रसियाली सेनाहरू युद्धभूमिमा प्रगति गरिरहेकाले युक्रेनी सेनाहरू लगातार पछि हटिरहेको पनि बताउँदै पुटिनले युक्रेनसँग वार्ता सुरु गर्न रुसको कुनै पूर्वशर्त नरहेको बताउँदै हालको अवस्थालाई ध्यानमा राख्दै इस्तानबुल सम्झौताका आधारमा वार्तामा सहभागी हुन आफू तयार रहेको बताए ।

पुटिनले युक्रेनी संकटमा चीन, ब्राजिल र दक्षिण अफ्रिकाले राखेका शान्ति प्रस्तावको प्रशंसा गर्दै दुवै पक्षलाई कुनै मुद्दा अगाडि नबढाइ समाधान खोज्ने वास्तविक प्रयास भएको बताए । प्रश्नोत्तरमा उनले आफू युक्रेनसँग सम्झौताका लागि तयार रहेको र ट्रम्पसँग वार्ता गर्न इच्छुक रहेको बताए ।

पुटिनले बिहीबार मस्कोमा प्रश्न र उत्तर सत्रको साथ आफ्नो वार्षिक पत्रकार सम्मेलन गरेका थिए । साढे ४ घण्टा लामो प्रश्नोत्तर चलेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal