
गाईघाटबाट डिष्पोज टोली आउने तयारी भइरहेको प्रहरीले जनाएको छ। बन्दका कारण कटारीका बजार बन्द रहेको छ । कटारीबाट छुट्ने यात्रुबाहक सवारीसाधन समेत छुट्न सकेका छैनन्।
यसैगरी सदमुकाम गाइघाटमा पनि बम भेटिएको छ। त्रियुगा नगरपालिका १२ स्थित डिएम गेटमा रहेको एक गैरसरकारी संस्थाको कार्यालय नजिकै सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।