आज :

क्षतिपूर्तिको जोखिम लिन नमानेपछि पत्रकार गेलाङको शव ३ दिनदेखि अस्पतालमा

सुर्खेत । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक-सम्पादक नन्दबहादुर गेलाङको शव ३ दिनदेखि अस्पतालमै रहेको छ ।

गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्याक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका आफन्तले माग राखेको क्षतिपूर्ति रकमको जोखिम लिन नमानेपछि शव अस्पतालमै रहेको इलाका प्रहरी कार्यालय छिन्चुंले जानकारी दिएको छ ।

आफन्तले शव बुझ्न नमानेपछि शव परीक्षण हुन नसकेको हो । आज गाडी साहु आउने र घटनाको टुङ्गो लाग्ने बताइएको छ ।

पीडितपक्षले बालबालिको पालनपोषण, उनीहरुको शिक्षादीक्षा र रोजगारी सुनिश्चितता गर्नुपर्ने, ३० लाख क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुर्खेतका संस्थापक अध्यक्ष तथा लेकबेँसी नगरपालिका-७ सुर्खेतका ३८ वर्षिय पत्रकार गेलाङ १५ वर्षयतादेखि रेडियो तथा पत्रपत्रिकामा काम गर्दै आएका थिए ।

बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा ५ ख १६८३ नं.को टिपरले भे ८ प ७६०४ नं.को मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बिहान ११ : ४५ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले टिपर चालक कालु भनिने (सन्तबहादुर राई) लाई बुधबार बेलुका कोहलपुर बाँकेबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal