आज :

ओमानमा तेल बोकेका २ वटा ट्यांकरमा आक्रमण, घटनापछि तेलको मूल्य ४ प्रतिशतले बढ्यो

काठमाडौं । ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएको छ ।

बिहीबार गन्तव्यतर्फ जाँदै गरेको अवस्थामा ती ट्यांकरमा विस्फोटकको हमला भएको हो । आक्रमणको विषयलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोपसमेत सुरु भएको छ ।

अमेरिकाले आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाएको छ भने । इरानले उक्त आरोप निराधार रहेको दावी गर्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ‘गल्फ अफ ओमान’ मा तेलका २ ट्यांकरमा भएको आक्रमणमा इरान जिम्मेवार रहेको आरोप लगाए । तर इरानका एक उच्च अधिकारीले घटनामा आफूहरुको संलग्नता र सम्बन्धसमेत नरहेको दाबी गरेको बीबीसीले जनाएको छ ।

जापानको स्वामित्वको रहेको कोकुका करेजिएस र नर्वेजिन कम्पनीको फ्रन्ट अल्टाएयरमा बिस्फोट भएको हो । घटना लगत्तै ट्यांकरमा रहेको सदस्यहरुको उद्धार गरिएको थियो ।

इरान र अमेरिकाले दुवैले ट्यांकरका सदस्यहरुको उद्धार आफूहरुले गरेको दाबी गरेका छन् । कोकुकामा रहेका २१ र फ्रन्टमा रहेका २३ सदस्यको उद्धार गरिएको थियो । विश्वको सबैभन्दा ठूलो तेल मार्गमा एक महिनाभित्रै यो दोस्रो आक्रमण हो ।

यसअघि युएईका ४ वटा ट्यांकरमाथि आक्रमण भएको थियो । अमेरिकाले त्यो बेला पनि इरानमाथि आरोप लगाएको थियो । तर त्यसलाई इरानले अस्वीकार गरेको थियो । बिहीबारको घटनापछि तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal