आज :

१२ देखी २० प्रतिशत गाडीभाडा बढाउने निर्णय फिर्ता

काठमाडौं ।
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ देखी २० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।

तर, ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । ‘अहिलेलाई थप छलफल गर्ने गरी भाडा बढाउने निर्णय स्थगित गरेका छौ ।’ यातायात व्यवस्था विभागका निर्देशक तिर्थराज खनालले भन्नुभयो ।

भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगित गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको जनाइएको छ ।

यस्तै असार १ गतेदेखि काठमाडौंमा ‘रात्री बस सेवा’ पुनः सुरु गर्ने निर्णयबाट पनि सरकार पछि हटेको छ । रात्री बसको भाडादर तोक्नुका साथै कुन कम्पनीले कुन रुटमा जाने समेत किटान गरेको थियो । तर यातायात व्यवस्था विभागले एकाएक रात्री बस चलाउने निर्णय स्थगित गरेको छ ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै विभागले रात्री बस चलाउने निर्णय तत्कालका लागि फिर्ता लिएको जानकारी दिएको छ । विभागले विभिन्न १२ वटा कम्पनीलाई विभिन्न १८ रुटमा रात्री बस चलाउन अनुमति दिइएको थियो । बिहीबार नै रात्री बसको न्युनतम् भाडा २५ रुपैयाँ तोकेर सूचना निकालेको थियो । तर साँझ विभागले भाडावृद्धिसहित रात्री बसको भाडा तोकेको निर्णय पनि स्थगन गरेको छ ।

सरकारले गाडी भाडा बढाउने र रात्री बस चलाउने निर्णयसँगै काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनमा रोक लगाउने निर्णय पनि फिर्ता लिएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार सााझ एक विज्ञप्ति निकालेर बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाउने गरी घोषित नियम तत्काल लागू नगर्ने गरी स्थगित गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal