आज :

आफ्नै छोरीमाथि पटक-पटक जबरजस्ती करणी गरेको आरोपमा एक उपसचिव पक्राउ

काठमाडौं। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एकजना उपसचिव आफ्नै छोरीमाथि योन शोषण गरेको आरोपमा पक्राउ परेका छन् । विगत केही वर्षदेखि आफ्नै छोरीमाथि पटक-पटक जबरजस्ती करणी गर्दै आएका यादव थरका उपसचिव पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसार ललितपुरको टोलीले यादवलाई पक्राउ गरेको हो । छोरीले दिएको उजुरीका आधारमा यादवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार १८ वर्षीया छोरीले आफूमाथि आफ्नै बुवाले पटक पटक जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् । १८ वर्षीया ति छोरी राजधानीको एक स्कूलमा १२ कक्षामा अध्ययनरत रहेको जनाइएको छ । बुवाको व्यवहारबाट पीडित बनेकी किशोरीले प्रेमीको सहयोगमा प्रहरीमा उजुरी दिएकी हुन् ।

प्रहरीका अनुसार यादवले ‘विदेशमा त यो सबै चल्छ, आधुनिक युगमा सबै कुरा सामान्य हुन्छ’ भन्दै छोरीमाथि बलात्कार गर्दै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal