आज :

स्पेन, पोल्याण्ड र अष्ट्रिया विजयी

काठमाडौं । फुटवलको छनोटका खेलमा स्पेन, पोल्याण्ड र अष्ट्रिया विजयी भएका छन् । युरोकप फुटबल छनोट खेलमा उनिहरु विजयी भएका हुन् । गएराति भएको खेलामा समुह ‘एफ’ को खेलमा स्पेनले स्विडेनलाई ३–० ले हरायो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार समुहको अर्को खेलमा रोमानियाले माल्टालाई ४–० ले हराउँदा नर्वेले फारो आईल्याण्डमाथि २–० को जित निकाल्यो ।

समुह ‘जी’ को खेलमा पोल्यान्डले इजरायललाई ४–० ले हराउँदा स्लोभेनियाले लात्भियालाई ५–० ले तथा अष्ट्रियाले उत्तरी मेसेडोनियालाई ४–१ ले पराजित गर्‍यो ।

युरोकप छनोटअन्तर्गत समूह ‘डी’ को खेलमा डेनमार्कले जर्जियालाई ५–१ ले हराउँदा आयरल्याण्डले जिब्रलटारलाई २–० ले पराजित गर्‍यो ।

समूह ‘बी’ को खेलमा सर्वियाले लिथुआनियालाई ४–१ ले तथा युक्रेनले लक्जेम्वर्गलाई १–० ले हराएका छन् ।

गएराति नै भएका अन्य खेलमा चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० ले हराउँदा कोसोभोले बुल्गेरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal