आज :

‘विश्व शान्तिका लागि सँगै काम गरौँ’: राजा नारुहितो

काठमाडौं । जापानका नयाँ राजा नारुहितोले विश्व शान्तिका लागि सँगसँगै काम गर्न आह्वान गरेका छन् ।

राजामा नियुक्त भएपछिको पहिलो सम्बोधन गर्दै शनिबार उनले सबै देशहरुसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताए ।

उनले भने,’म गम्भीरतापूर्वक आग्रह गर्दछु कि, विश्व शान्ति र बाँकी विकासका लागि सवै देशहरुले सहकार्य गर्नु आवश्यक छ ।’ जापानका १२६ औँ राजा ५९ वर्षिय नारुहितो टोकियोस्थित राजदरबारको शिशाले घेरिएको बार्दलीमा देखा परेका थिए ।

उनीसँगै महारानी मासाकोसहित शाही परिवारका अन्य सदस्यहरु पनि देखा परेको समाचारमा जनाइएको छ । जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका हुन् । उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा भएका छन् ।

विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा ’क्रिसेन्थिमम थ्रोन’ नाम दिइएको विशिष्ट रुपमा सजाइएको राजगद्दीमा राखिएको थियो ।

उनका बुबा सम्राट अकिहितोले मङ्गलबार राजगद्दी त्यागेका थिए । जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो । पूर्व राजा अकिहितो र रानी मिचिको भने सो कार्यक्रममा सहभागी थिएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal