आज :

झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

  • अनलाइन डबली

तिहार र छठलाई लक्षित सुरक्षा अभियान तीव्र, पटाका प्रयोग नगर्न सशस्त्र प्रहरीको आग्रह

तेजन खड्का –

झापा । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको हो ।

चाडपर्वका समयमा हुन सक्ने आगलागी, मानवीय दुर्घटना तथा वातावरणीय प्रदूषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले अवैध विस्फोटकजन्य सामग्री नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ ।

अनधिकृत रूपमा भित्र्याइएका ती सामग्री सुरक्षाकर्मी, जनप्रतिनिधि, प्रशासनका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको हो ।

सशस्त्र प्रहरी बल नं. २ गण झापाले पटाका तथा आतिसबाजीको प्रयोगले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा असर पर्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढ्ने भन्दै यसको प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरेको छ ।

सुरक्षित र सभ्य रूपमा चाडपर्व मनाउन तथा सम्भावित दुर्घटनाबाट जोगिन प्रहरीले सबैलाई सचेत रहन अनुरोध गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन अवैध पटका नियन्त्रणको अभियानलाई प्राथमिकतामा राखिएको बताए । उनले पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले हुन सक्ने दुर्घटना र क्षति रोक्न यस्ता सामग्रीको प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरे ।

पटका नष्ट गर्ने कार्यक्रममा भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए ।

चाडपर्वमा मनोरञ्जनका नाममा गरिने आतिसबाजीले आगलागी र दुर्घटनाको जोखिम बढाउने भएकाले यसको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणमा सुरक्षा निकायले निगरानी बढाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal