आज :

विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक प्रचण्डले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्ने बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विपद्का बेला आपसी समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भोटेकोशीमा आएको बाढी र त्यसबाट भएको ‘भयानक’ क्षतिलाई राष्ट्रिय एकताको नयाँ संकल्पमा बदल्नुपर्ने बताए ।

उनले भने, ‘मानवीय र भौतिक क्षति पनि जुन छ, यस्तो बेलामा समझदारीका साथ अघि बढ्नुपर्छ । यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नुपर्छ ।’

सरकारको सक्रियताबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उनले उनले प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal