आज :

सुदूरपश्चिममा मन्त्री चयनको तयारीमा नेकपा, मुख्यमन्त्रीले विश्वासकाे मत लिएपछि शपथ

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लगेपछि मात्रै बाँकी मन्त्रीको टुंगो लग्ने भएको छ । विश्वासको मत प्रयोजनका लागि भदौ २ गते प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको जनाइएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा मन्त्री चयनमा समस्या भएपछि विश्वासको मत लगेपछि मात्रै सरकारलाई पूर्णता दिने निर्णयमा सो पार्टी पुगेको हो । नेकपामा रहेका साविकका तीनवटै घटकलाई एकएक मन्त्री दिने आन्तरिक सहमति भए पनि मन्त्रीका आकांक्षीको व्यवस्थापनमा समस्या भएपछि सरकारको पुर्णता दिने कार्य पछि धकेलिएको हो ।

मन्त्री चयनमा असझदारी बढ्दा सरकारलाई जोखिम बढ्न सक्ने आकलन गर्दै मुख्यमन्त्री भट्टले बिश्वासको मत लिइसकेपछि मात्र सरकारलाई पुर्णता दिने तयारी गरेका हुन् । मुख्यमन्त्री खगराज भट्टले शपथ लिएकै दिन सत्ता साझेदार नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीको समेत सपथ गराइएको थियो ।

नेकपाको भागमा परेका तीन मध्य साविकको नेकपा माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीलाई एक एक मन्त्री पद दिने आन्तरिक सहमति भएको छ । तर ती समुहबाट प्रतिनिधित्व गर्ने व्यक्तिको टुंगो लाग्न नसक्दा मन्त्रीमण्डलले पुर्णता पाउन सकेको छैन ।

व्यक्तिसँगै कुन समुहले कुन मन्त्रालय लिने भन्ने बिषय पनि सहमति हुन सकेको छैन । सबै समुहले भौतिक पुर्वाधार बिकास मन्त्रालय खोजेपछि मन्त्री छनौट झन पेचिलो बनेको छ । प्रदेशमा मन्त्रीका आकांक्षी बढी भएपछि र समुहहरुको व्यवस्थापन गर्नु पर्ने भएपछि केन्द्रले नै आप्mनो भागमा रहेका मन्त्रीहरुको टुंगो तत्काल नलगाएको हो ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम कैलाली जिल्ला सहइन्चार्ज लक्षीराम आचार्य पार्टीको केन्द्रले नै अहिले रोक्न भनेकोले मन्त्रीको टुंगो तत्काल लाग्न नसकेको बताउँछन् । ‘माथिबाट नै मन्त्री चयनको काम अहिले रोक्नुस् भनेको छ,’ केन्द्रिय सदस्य आचार्य भन्छन् ‘त्यसो भए पहिले बिश्वासको मत लिनुस्, अनि मन्त्री टुंग्याउनु होला भन्ने सुझाव मुख्यमन्त्रीलाई दिएका छौं ।’

श्रोतका अनुसार नेपा कम्युनिष्ट पार्टी (साविकको नेकपा माओवादी) बाट मान बहादुर धामी, शिवसिंह ओली र ओमबिक्रम भाट, साविकको नागरिक उन्मुक्तिबाट कैलाश चौधरी र खुशीराम चौधरी मन्त्री बन्ने दौडमा छन् ।

त्यस्तै साविकको नेकपा एसबाट प्रकाश रावल र नरेश शाही मन्त्री बन्ने दौडमा छन् । रावल र शाही दुवै जनाले यसअघि पनि मन्त्रीको जिम्मेवारी पाइसकेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट दुई जना राज्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । नेकपाबा जानकी कुवँर–साविकको नेकपा माओवादी, र इन्दिरा गिरी (साविकको नागरिक उन्मुक्ति पार्टी) राज्यमन्त्री बन्ने टुंगो लागेका छ ।

नेपाली कम्युनिष्ट पार्टीबाट राज्यमन्त्री बन्ने निश्चित भएका कुवर, गिरी र मन्त्रीको दौडमा रहेका शिवसिंह ओली अहिलेसम्म मन्त्री बनेका छैनन् । सो पार्टीका अरु सबै प्रदेश सभा सदस्यहरु अहिलेसम्म मन्त्री बनिसकेका छन् । नेकपा एमालेको समर्थनमा नेकपाका खगराज भट्ट साउन २९ गते सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal