आज :

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री भट्टले समाले जिम्मेवारी, ४ मन्त्रीले पनि लिए शपथ

  • अनलाइन डबली

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले जिम्मेवारी समालेका छन् । शुक्रबार मुख्यमन्त्रीको शपथ दिएसँगै भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री भट्टसँगै नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ४ मन्त्रीले शपथ लिएका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन् ।

सन्तोश शर्मा थापा–सामाजिक विकास मन्त्री, चक्र बहादुर मल्ल– आर्थिक मामिला मन्त्री, दमन भण्डारी–भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्रीको शपथ लिएका हुन् ।

एमाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले विहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal