आज :

लागूऔषध सहित सात जना पक्राउ

  • अनलाइन डबली

काठमाडौं । लागूऔषध सहित सात जना पक्राउ परेका छन् ।

सर्लाही, लालबन्दी नगरपालिका—१२ बाट लागूऔषध गाँजा करिब १२ किलो ७०० ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका—२ लालभिति बस्ने ५० वर्षीय सानु परियार, उनकै श्रीमती ३५ वर्षीया सबिना परिया र लालबन्दी नगरपालिका—१४ बस्ने ४० वर्षीया ज्ञानु माया योञ्जन रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका—१७ छोरेपाटन बस्ने ३५ वर्षीय नरेन्द्र भुजेललाई नियन्त्रित लागूऔषध फेनारगन ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल र डाइजेपाम ३३ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका—५ भैरब टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५८० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय बिजय चौधरी रहेका छन् । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले शंकरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal