आज :

बागलुङमा पाँच जना फरार प्रतिवादी पक्राउ

  • अनलाइन डबली

अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी र मातहतका युनिटले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा झुटा विवरण पेस गरी दोहोरो नागरिकता लिएको मुद्दाका गलकोट नगरपालिका वडा नं. ६ चरौदीका २५ वर्षीय पवन गौतम (प्रमोद), ७७ वर्षीय अणदत्त गौतम र ५० वर्षीय भविन्द्र गौतम रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

त्यस्तै, प्रहरीले घरेलु हिंसा मुद्दामा गलकोट नगरपालिका–९ बास्खोलाका ४५ वर्षीय लालबहादुर दर्जी र चेक अनादर मुद्दामा बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरका भिमबहादुर श्रीसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबै कसुरदारलाई जरिवाना असुली तथा बाँकी कैद भुक्तानीका लागि बागलुङ जिल्ला अदालतमा उपस्थित गराइएको छ । प्रहरीले संयुक्त विशेष अप्रेसन संचालन गरेर उनीहरूलाई पक्राउ गरेको त्वातीले बताउनुभयो ।

अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै न्याय सम्पादनलाई पूर्णता दिन अभियान सञ्चालन गरिएको त्वातीको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal