काठमाडौँ । हुँदाहुँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले समेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेर्न छोडेका छन् । इरानविरुद्ध युद्धमा होम्न सफल भएका नेतान्याहूले ट्रम्पको गाजा सम्बन्धी १५ बुँदे शान्ति योजनालाई मन्त्रिपरिषद्बाटै अस्वीकार गरेका हुन् ।
नेतान्याहूले आइतबार बोलाएको मन्त्रिपरिषद् बैठकलाई इजरायली सेना गाजाबाट फिर्ता नहुने जानकारी गराएका थिए ।
ट्रम्पको ‘बोर्ड अफ पीस’ ले गत महिना हमास र गाजाका अन्य सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणका लागि सहमति जुटेको दाबी गरेको थियो । त्यसपछि ट्रम्पले यसलाई ऐतिहासिक भन्दै सामाजिक संजालमार्फत जानकारी गराएका थिए ।
ट्रम्पकै पहलमा गाजामा युद्धविराम भएको भनेर चर्चा गरेपनि इजरायलले भने लगातार नागरिकलाई लक्षित गरेर गाजामा हवाई र स्थगतगत हमला जारी राखेका थियो । ट्रम्पले हमासले हतियार बुझाउने र इजरायली सेना फिर्ता हुने घोषणा गरेका थिए । तर, नेतान्याहुले यो निर्णयसँगै ट्रम्पले ऐतिहासक भनेको शान्ति योजना फेल भएको छ ।
उता हमासले इजरायलले गर्ने सबै प्रकारका सैन्य आक्रमणको अन्त्य र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ती भएपछि हतियार बुझाउन सकिने बताएको छ । बीबीसीसँग हमास अधिकारीले आफूहरू ट्रम्पको योजनाप्रति प्रतिबद्ध रहेको र यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न तयार रहेको बताएका छन् ।
नेतान्याहूको भनाईको पछि लागेर इरानसँग युद्धमा होमिएका ट्रम्प बाहिर निस्किने बाटो खोजिरहेका छन् । नेतान्याहूलाई सहयोग गर्न नै इरान युद्धमा होमिएका ट्रम्प । तर, अहिले गाजा शान्ति योजनामा नेतान्याहूले नै पूर्णरुपमा असहयोग गरेका छन् ।


अनलाइन डबली

