आज :

जेनजीमाथि बालेन सरकारको पूर्वाग्रह, सार्बोच्चको ‘कारण देखाउ आदेश’को ८ दिनसम्म आलटाल

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय जेनजी नागरिका अभियानका आजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई विगत ८ दिनदेखि गैर कानुनी तबरबाट हिरासतमा राखिएको संयोजक सुनिल सिंहले बताएका छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सर्बोच्च अदालतले कारणदेखाउ आदेश माग गर्दा पनि सरकारले आलटाल गरेकोसमेत आरोप लगाएका छन् ।

संयोज सिंहले आफ्ना सहकर्मीहरुलाई गत साउन १२ गते माइतिघर मण्डलबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको बताउँदै तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरूविरूद्ध ‘अभद्र व्यवहारसम्बन्धि’को कसूरमा हिरासतमा राखेको र अनुसन्धानका नाममा प्रतिशोध साँधिएको आरोप लगाउँदै सिंहले भने,“गृहमन्त्री सुदन गुरुङले गैरन्यायीक तरिकाले आफ्नो व्यक्तिगत प्रतिशोध साँध्नु भएको छ ।”

“उहाँ देशको गृहमन्त्री हो, गुण्डा हैन, कहिलेसम्म पावरमा रहनुहुन्छ हामी पनि हेरम्ला” सिंहले आक्रोश व्यक्त गरे ।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले उनिहरुलाई जिल्ला प्रशानसन कार्यलयबाट दोस्रो पटक तीन दिनको म्याद थप गरेर अनुसन्धानका नममा गैरन्यायीक थुनामा राखेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए ।
गिरफ्तार भएको भोलिपल्ट १३ गते नै सर्बोच्च अदालतमा बन्दिप्रत्यक्षीकरण सम्बन्धि रिट हालेको र १४ गते अदालतले कारण देखाउ आदेश मागेको बताउँदै विकले भने,“यतिका दिनसम्म पनि बालने सरकार र सुदनजीको मन्त्रालय ‘कानमा तेल हालेर’ सुतेको छ ।”

अभियान्ता सुप्रिया नेपालीले पहिलो पटक पाँच दिन र दोस्रोपटक ३ दिनको म्याद थप गरी आफ्ना साथिहरुलाई विनाकारण दुःख दिइरहको बताउँदै, राजयलाई पूर्वाग्रही नहुन चेतावनी दिइन् ।
नेपालीले आफूहरुमाथि लघुवित्त पीडितहरूलाई निषेधित क्षेत्र तोड्न उक्साएको भन्ने आरोपको खण्डन गर्दै ‘पीडित जोसुकै भएपनि हाम्रो कर्तव्य भनेको न्यायका लागि सघाउने’ रहेको जिकिर गरिन् ।

“हामीहरुले समाजको शान्ति र अमनचयानमा खलल पार्ने भन्दा पनि राज्यलाई खबरदारी तथा पीडितको न्यायका लागि बोल्ने हो, तर राज्य हामीरुसँग डराइरहेको छ” नेपालीको कथन छ ।
उनले अदालतले कारणदेखाउ आदेश दिएको हप्ता दिन वित्दा समेत गृहमन्त्रालय र प्रहरी प्रशासनले दुःख दिने नियतकासाथ ढिलासुस्ति गरेकोप्रति आक्रोश व्यक्त गरिन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal