आज :

दुई रहत शिक्षक संगठनले एकता गर्दै भनेः सरकारले माग पूरा नगरे डेढ लाख सडकमा उत्रिन्छौं

  • अनलाइन डबली

काठमाडौं । नेपाल राह शिक्षक केन्द्रीय समिति र नेपाल राहत शिक्षक राष्ट्रिय समितिबीच एकता भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देशभरका लगभग १ लाख ५० हजारको संख्यामा रहेका राहत शिक्षक तथा कर्मचारीले न्याय नपाए संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष बिरेन्द्र मल्लले आफूहरुका माग र मुद्धाहरु एउटै भएकाले एकताबद्ध भएर अगडि बढ्न प्रतिबद्ध रहेको बताए । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगतमा ठूलो आन्दोलन गरेको र अझै पनि आफूहरुका मागहरु सम्बोधन भइनसकेकाले पुनः आन्दोलनको तयारीमा रहेको मल्लले जनाए ।

मल्लले अहिले महासंघ मार्फत सरकार समक्ष माग र मुद्धा पूरा गराउने प्रयासमा रहेको बताए । “यसबाट हामी सफल हुनसकेनौं भने महासंघसँगलाई आन्दोलनको आह्वन गर्न पहल गर्ने हो, यदि उ तयार नभए राहत शिक्षक केन्द्रीय समिति एक्लै भएपनि आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ ।”

योगदानमा आधारित सामाजिक सुरक्षा कोष, उमेर कटिसकेका शिक्षकलाई उचित आर्थिक प्याकेजको व्यवस्था, र १५ वर्षभन्दा बढी उमेरका शिक्षकहरुलाई सामाजिक सुरक्षा कोष तथा पेशागत वृद्धिविकासमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने लगायतका मुख्य माग रहेको मल्लले बताए ।

एकता प्रक्रियामा आएका लालबहादुर श्रेष्ठले देशभरका राहत शिक्षक तथा कर्ममचारीहरुको उस्तै प्रकृतिको माग रहेकोले छुट्टाछुटै संघर्ष गर्नु उचित नरहेको बताए ।

“देशभरका रहत साथिहरुको एउटै समस्या, माग र उही मुद्धाहरु छुट्टा–छुट्टै लिएर सरकारसगँ जाँदा कमजोर भइन्छ, त्यसैले हामीले एकता गरेका छौं, आशा छ छुट्नुभएका साथिहरु पनि एकतामा आउनु हुनेछ” श्रेष्ठले भने ।

आफूहरुलाई अधिकारबाट च्यूत गराउन सरकारले टे«डयुनियन अधिकार हनन गर्न खोजेको भन्दै त्यसविरुद्ध पनि निकट भविष्यमा आन्दोलन गर्ने श्रेष्ठले चेतावनी दिए ।

वार्ताटोली संयोजक कृष्णराज विस्टले देशभर रहेका लाखौं शिक्षक तथा कर्मचारीहरुको न्यायका लागि सबैलाई एकै ठाउँमा ल्याउन प्रयास गरिरहेको बताए । उनले ४० हजार राहत शिक्षक, ६ हजार उच्च मावि शिक्षक, ३६ हजार विद्यालय कर्मचारी र १४ हजार शिक्षण सिकाई अनुदान, ३० हजार बालविकास, संघीय तथा प्रदेश अनुदानसमेत गरी करिब १ लाख ५० हजारको जनशक्तिलाई राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिए ।

राहत शिक्षक केन्द्रीय समितिका उपमहासचिव राजिव भट्टराईले सरकारलाई दबाब दिन छुट्टा–छुट्टै लड्ने भन्दा सबै एकहुनुपर्नेमा जोड दिए ।

नेपाल राहत शिक्षक राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष विष्णुमाया तिमल्सिना, उपमहासचिव कृष्णप्रसाद अधिकारी, सचिवालय सदस्य विरेन्द्रराज गिरीसहित बहुसंख्यक स्थायी समितिका पदाधिकारीहरु, सचिवालय सदस्य, केन्द्रीय सदस्य र जिल्ला समितिका अध्यक्षहरुको समिति नेपाल राहत शिक्षक केन्द्रीय समितिमा एकता गरेको जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal