आज :

लुम्बिनी प्रदेशको आयोजनामा नवलपरासीमा जिल्ला भेला सम्पन्न

  • अनलाइन डबली

नवलपरासी — लुम्बिनी प्रदेशको आयोजनामा नवलपरासी जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ।

कार्यक्रमको सञ्चालन नीलकण्ठ पोखरेलले गर्नुभएको थियो भने अध्यक्षता लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष द्रोणप्रसाद जैसीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिमा राष्ट्रिय सानाशहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओली, केन्द्रीय कोषाध्यक्ष रक्षा भट्टराई, सल्लाहकार चोकप्रसाद धिताल, शंकर गौतम, संघीय खानेपानी प्रमुख अतुलेश कुमार, प्रदेश खानेपानी कार्यालय प्रमुख दिनेश साह, केन्द्रीय सदस्य दीपक लम्साल, दीपक पौडेल, प्रदेश कोषाध्यक्ष तथा प्रदेश सदस्यहरू, विभिन्न खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शम्भुलाल श्रेष्ठले खानेपानी मानव जीवनको अत्यन्तै महत्वपूर्ण आधार भएको उल्लेख गर्दै नगरभित्र रहेका सबै खानेपानी संस्थाहरूलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि तथा राष्ट्रिय सानाशहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओलीले देशभर खानेपानी पहुँचका नाममा योजना वितरण गर्दा विभाग तथा मन्त्रालयले मनोमानी गरेको आरोप लगाउनुभयो। उहाँले साना खानेपानी आयोजनाहरूको अवस्था दयनीय बन्दै गएको बताउँदै देशव्यापी रूपमा संगठन सुदृढीकरण अभियान सञ्चालन गरिने जानकारी दिनुभयो। साथै, सरकारले उपभोक्ता समितिबाट सञ्चालित संस्थाहरूलाई खारेज वा विघटन गर्ने प्रयासको महासंघले घोर विरोध गर्ने बताउँदै सरकारले उपभोक्ताको आवाज नसुने त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो।

भेलाले जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अध्यक्षमा गुप्त बहादुर केसी, उपाध्यक्षमा मञ्जु न्यौपाने, महासचिवमा केशवकान्त न्यौपानेसहित १२ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal