आज :

इंग्ल्यान्डलाई पराजित गरेसँगै अर्जेन्टिना समर्थकको प्रर्दशनः फकल्याण्ड अर्जेन्टिनाकै हो

  • अनलाइन डबली

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टिना समर्थक र खेलाडीले फकल्याण्ड हाम्रै हो भन्दै नारा र व्यानर प्रदर्शन गरेका हुन् ।

फकल्याण्ड बेलायतले कब्जा गरेको छ । उसको टोलीलाई पराएपछि अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सोले समर्थकसँगै उक्त व्यानर प्रदर्शनमा देखिएका थिए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाको एटलान्टामा भएको खेलपछि लो सेल्सोले ‘माल्भिनास अर्थात फकल्याण्ड अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । फकल्याण्ड टापुलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गरेको छ । जुन दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको उक्त टापुलाई बेलायतले कब्जा गरेको छ ।

उक्त टापुमाथिको सार्वभौमिकताको विषयमा अर्जेन्टिना र बेलायतबीच दशकौँदेखि विवाद रहँदै आएको छ । सन् १९८२ मा फकल्याण्ड टापुको नियन्त्रणलाई लिएर बेलायत र अर्जेन्टिनाबीच युद्ध भएको थियो । करिब दुई महिनासम्म चलेको उक्त युद्धमा बेलायत विजयी भएको थियो भने दुवै पक्षका सयौँ सैनिकको ज्यान गएको थियो ।

आफ्ना खेलाडीको समर्थन गर्दै अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्समार्फत ‘फकल्याण्ड अर्जेन्टिनाकै हो । उनीहरूले ब्यानर स्टेडियममा लैजान रोक लगाए, तर त्यो हाम्रो रगत र हृदयमा छ’ भन्दै लो सेल्सोको समर्थन गरेकी छन् ।

अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड र फिफाको नियमअनुसार खेलका क्रममा वा त्यससँग सम्बन्धित गतिविधिमा राजनीतिक, धार्मिक वा व्यक्तिगत सन्देश, नारा, झण्डा वा प्रतीक प्रदर्शन गर्न पाइँदैन ।

उता खेलमा भने अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले हराएर फाइनलमा स्थान सुरक्षित गरेको छ । इंग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिए पनि अर्जेन्टिनाका एन्जो फर्नान्डेजले ८५औँ मिनेटमा बराबरी गोल फर्काए ।

इन्जुरी समयमा कप्तान लियोनेल मेसीको उत्कृष्ट क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए । अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । एएनआई

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal