आज :

युक्रेनमा रुसी हमला दोब्बरः राजधानी किभमा हाहाकार, जेलेन्स्कीको पश्चिमा देशसँग गुहार

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमा जमिनी र हवाई हमलालाई तेज पारेको छ । युक्रेनले रुसको राजधानी मस्कोस्थित तेल भण्डारमा युक्रेनले ड्रोन हमला गरेपछि रुसले आक्रमण बढाएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसले बिहीबार युक्रेनको राजधानी कीभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोनमार्फत भीषण हवाई हमलामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । हमलामा परी अन्य १ सयभन्दा बढी घाइते भएका छन् ।

रुसले किभमा पछिल्ला दिनयताकै ठूलो हमला गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि स्वीकार गरेका छन् । उनले रुसले कुल ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको बताएका छन् ।

युक्रेनको वायुसेना केही मिसाइल र ड्रोन आकाशमै रोकेको दाबी गरेपनि किभलगायत मुख्य शहरमा हाहाकार मच्चिएको छ । मानिसहरु बंकर तथा मेट्रो रेल स्टेशनमा लुकेर बस्न बाध्य भएका छन् ।

त्यसैगरी जेलेन्स्कीले खार्किभ, सुमी, ड्निप्रोपेत्रोभ्स्क, जापोरिझ्झिया र चेर्कासी क्षेत्रमा पनि ठूलो हमला गरेको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमा देशहरुसँग अनुरोध गरेका छन् । उनले प्रतिरक्षा प्रणाली उपलब्ध नभए रुसले अझै ठूलो हमला गर्ने र क्षति बढी हुने समेत दाबी गरे ।

रुसी सेनाले पूर्वी युक्रेनमा जमिनी लडाइँलाई पनि तेज पारेको बताइएको छ । उसले युक्रेनको थप भूभाग नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal